जनकपुरधाम- कुर्था-जनकपुर-जयनगर रेल्वे सञ्चालनमा आएसँगै जनकपुर र नेपाल-भारत सीमावर्ती क्षेत्रका सर्वसाधारण लाभान्वित भएका छन्।
रेल विभागले २०१९ मा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किनेको हो।
पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन्।
डिजेल इलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विद्युत दुवैबाट चल्ने डिपीसी १९०१ र डीपीसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्ज पावरका छन्।
नेपालमा सञ्चालनमा रहेको यो एक मात्र रेलसेवा हो।











तस्बिर : नेपाल फोटो लाइब्रेरी


