काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनल प्रवेश गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले एक ओभर बाँकी छँदै २ विकेटले विजयी हुँदै फाइनलमा स्थान पक्का गरेको हो।
योसँगै एनपीएलको फाइनल खेल जनकपुर र सूदरपश्चिम रोयल्सले खेल्ने भएका छन्।
जनपकुरमा जेम्स निसमले सर्वाधिक ४५ रन बनाए। हर्ष थाकरले १७ रन बनाउँदा आकाश त्रिपाठी १३ रनमै आउट भए। मोहन यादवले १४ रन बनाउँदा शेर मल्लले १६ रन जोडे।
अन्यले खेलाडीले दोहोरो अंक भेट्टाउन सकेनन्।
बलिङतर्फ विपीन शर्माले ३ विकेट लिँदा सोमपाल कामी, विलियम बोसिस्टो र जिसन मक्सुदले एकएक विकेट लिएका थिए।
यसअघिको इनिङमा कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनाएको थियो।
कर्णालीका गुल्सन झाले २५ रन बनाउँदा देव खनालले २४ रन जोडे। युनिस ठकुरी र जिसन मक्सुदले समान १२-१२ रन जोड्दा विलियम बोसिस्टोले १४ रन बनाएका थिए।
चाडविक वाल्टनले १२ रन जोडेका थिए भने बाँकी खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
बलिङतर्फ जनकपुरका ललित राजवंशी, जेम्स निसम र मोहम्मद मोहसिले समान २-२ विकेट लिएका थिए। यस्तै शेर मल्ल र हर्ष थाकरले एकएक विकेट लिन सफल भए।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो।
पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ।
कर्णालीले भने बुधवार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजमाथि २१ रनको जित हात पारेको थियो।
कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधीको लागि खेल्नेछ। पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ।
लिगचरणको भेटमा कर्णाली जनकपुरसँग ८ विकेटले विजयी भएको थियो।
कर्णाली बुधवार चितवन राइनोजसँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ।
बुधवार खेलेका रित गौतमको स्थानमा युनिश विक्रम सिंह ठकुरीले मौका पाएका छन्।


