२०८३ कार्तिक १३ गते बिहिबार

अवैध रूपमा युरोप प्रवेशः ग्रीसमा डुंगा पल्टिँदा बालबालिकासहित ४० पाकिस्तानीको मृत्यु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ५
greece

एजेन्सी – ग्रीसमा डुंगा पल्टिँदा कम्तीमा ४० पाकिस्तानीको मृत्यु भएको छ। अधिकारीहरूले बिहीबार यसको पुष्टि गरेका छन्। अवैध रूपमा युरोप प्रवेश गर्ने क्रममा डुबेर ५ जना पाकिस्तानी नागरिकको मृत्यु भएको प्रारम्भमा खबर आएको थियो।

ग्रीसका अधिकारीहरूले बुधबार उद्धार कार्य समाप्त भएको घोषणा गर्दा ३५ पाकिस्तानीलाई मृत घोषणा गरेका हुन्।

पाकिस्तानी नागरिकलाई मानव बेचबिखन र्‍याकेटमार्फत अवैध रूपमा लिबिया हुँदै युरोप पठाइएको थियो। जानकारीका अनुसार मृत्यु हुनेमा अधिकांश नाबालिग वा किशोरीहरू पञ्जाब प्रान्तका थिए। तीमध्ये अधिकांश सियालकोट, गुजरात, मंडी बहाउद्दीन र नारोवाल जिल्लाका थिए।

यस घटनापछि पाकिस्तान सरकारले संघीय अनुसन्धान एजेन्सी (एफआईए) अन्तर्गत विशेष कार्यदल गठन गरी देशमा मानव तस्करहरू विरुद्ध कडा कारबाही गर्ने निर्णय गरेको छ। प्रारम्भिक अनुसन्धानमा पाकिस्तानीहरूलाई लिबियाको भिसा दिइएको थियो, जहाँबाट उनीहरूलाई डुंगामा ग्रीस लगिएको थियो।

यस विषयमा हालसम्म कम्तीमा ६ वटा मुद्दा दर्ता भइसकेका छन् भने चार जना संदिग्धलाई पनि पक्राउ गरिएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले मानव तस्करहरूविरुद्ध तुरुन्त कारबाही गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

ग्रीसको तटमा डुंगा पल्टिएको यो नौलो घटना भने होइन। गत वर्ष ग्रीस नजिकै गैरकानुनी रूपमा युरोप प्रवेश गर्ने क्रममा कम्तीमा २६२ पाकिस्तानी नागरिकले त्यसैगरी ज्यान गुमाएका थिए ।

पाकिस्तानमा मानव तस्करीको मुद्दामा मन्त्रिपरिषद्का सदस्यहरूसँगको बैठकमा प्रधानमन्त्री शहबाजले भने, ‘यसमा संलग्न व्यक्तिहरू विरुद्ध कारबाहीमा ढिलाइका कारण यस्ता घटनाहरू हुन्छन्।’

१२-१४ वर्षका कति नाबालिगले लिबियाको भिसा लिन सफल भए र पाकिस्तानका एयरपोर्टमा रहेका अध्यागमन काउन्टरबाट यात्रामा निस्किए भन्ने प्रश्न उठिरहेको छ। सरकारी अधिकारी र संस्थाहरू सम्पूर्ण मानव बेचबिखन नेटवर्कमा उनीहरूको संलग्नतालाई लिएर चिन्तित छन्।

प्रकाशित: २०८१ पुस ५ गते शुक्रबार ०८:५५
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना