काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन्।
ओलीले फेसबुकमा लेखेका छन्- ‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि हात पारेकोमा। आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो। यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ।’
ओलीले एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद दिए।
आज टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले एनपीएलको उपाधि जितेको हो।


