काठमाडौँ – उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले फेरि अर्को हार बेहोरेको छ। शनिबार साँझ भएको खेलमा सिटी एस्टन भिल्लाको घरेलु मैदानमा २-१ गोल अन्तरले पराजित भएको हो।
प्रिमियर लिगमा पछिल्ला पाँच खेलमा मात्र एक जितेको सिटीको आरोलो यात्रा कायमै छ। यसअघि सिटीले म्यानचेस्टर युनाइटेडसँग २-१ गोलअन्तर तथा लिभरपुलसँग २-० गोलअन्तरले पराजित भएको थियो। युरोपियन च्याम्पियन्स लिगमा पनि सिटी युभेन्टसँग पराजित भएको थियो।
भिल्लाको आजको जितमा जोहन डुरानले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यस्तै मोर्गान रोगर्सले ६६ औं मिनेटमा गोल गरेका थिए। खेल अवधिर ५५ प्रतिशत बल कब्जा गरे पनि सिटीले हार टार्न सकेन। ९३ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई जिततर्फ फर्काउने प्रया गरे पनि त्यो पर्याप्त हुन सकेन।
हारसँगै सिटीले चौथो स्थानमा उक्लिने अवसर पनि गुमाएको छ। भिल्ला भने लिग तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ।


