काठमाडौँ – आज बिहान बार्सिलोनालाई उसकै मैदान क्याम्प नोउमा २-१ ले पराजित गर्दै एट्लेटिको मड्रिड ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
१-० ले पछि परेको अवस्था उल्ट्याउँदै एट्लेटिकोले जित निकालेको हो। उसका लागि अर्जेन्टिनी खेलाडी रोड्रिगो डि पउलले ६० औं मिनेटमा बराबरी गोल गरे। यसअघि पहिलो हाफको ३० औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।
बराबरीतर्फ धकेलिन लागेको खेलमा नर्वेजियन स्ट्राइकर अलेक्जेन्डर सोलोथले अतिरिक्त समयको छैटौँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाए।
जितसँगै एट्लेटिकोले १८ खेलबाट ४१ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने बार्सिलोना १९ खेलबाट ३८ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोनाको जारी लिगमा यो पाँचौँ हार हो। पछिल्ला पाँच खेलमा उसले जम्मा एक खेलमा मात्र जित निकाल्न सकेको छ।


