काठामाडौँ – गएराति सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ५-१ गोलअन्तरले हराएको छ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत आफ्नो १७ औं खेलमा जित निकाल्ने क्रममा आर्सनलका ग्याब्रिअल जिससले २ तथा अन्य अन्य तीन खेलाडीले एक/एक गोल गरे।
छैँटौँ मिनेटमै जिससको गोलबाट अग्रता लिएको आर्सनल ११ औं मिनेटमा गोल खाँदा बराबरीमा थियो। तर १४ औं मिनेटमा जिससले नै अर्को गोल थपे। काइ हाभर्ट्जले ३८ औं मिनेटमा गोल गरेपछि आर्सनल पहिलो हाफमै ३-१ को बलियो अवस्थामा पुगेको थियो।
तर ग्याब्रियल मार्टिनअलीले ६० औं र डेकियन राइसले ८४ औं मिनेटमा थप दुई गोल गरेपछि आर्सनल ५-१ गोलअन्तरले विजयी भएको हो। पछिल्ला पाँच खेलमा तीनमा जित र दुईमा बराबरी गरेको आर्सनलले ९ जित र २ हारसहित अंक तालिका तेस्रो स्थानमा रहेर ३३ अंक बनाएको छ भने प्यालेस १६ अंकका साथ १५ औं स्थानमा छ।


