काठमाडौँ- युनिलिभर नेपालको लोकप्रिय ब्रान्ड क्लोजअपले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता गरेको छ।
नयाँ प्रतिभाहरूलाई अवसर र प्रेरणा प्रदान गर्नका लागि आफूहरू भ्वाइस अफ नेपालसँग जोडिएको क्लोजअपका तर्फबाट युनिलिभरका मार्केटिङ हेड सौरभ कारञ्जितले बताए।
सहकार्यले प्रतियोगीलाई समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास आफूहरूले लिएको उनले बताए।
‘क्लोजअप सधैं आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ,’ क्लोजअपका तर्फबाट युनिलिभरका कारञ्जित भन्छन्, ‘भ्वाइस अफ नेपालसँगको सहकार्यले क्लोजअपले नेपाली संगीतप्रेमीको मनमुटुमा स्थान बनाउने विश्वास लिएका छौँ।’
साझेदारीले आयोजक र प्रतियोगी दुवैलाई थप प्रेरणा र हौसला प्रदान गर्ने भ्वाइस अफ नेपाल व्यवस्थापन पक्षको भनाइ छ।


