एजेन्सी – फ्रान्सको आतंकवादविरोधी अदालतले एक शिक्षकको टाउको काटेको आरोपमा आठ जनालाई दोषी ठहर गरेको छ।
४ वर्षअघि १६ अक्टोबरमा पेरिस नजिकैको विद्यालयमा स्यामुएल प्याटी नामका शिक्षकको टाउको काटिएको थियो। इस्लामिक चरमपन्थीहरूले उक्त शिक्षकको हत्या गरेका थिए।
सन् २०२० मा इस्लामिक चरमपन्थीद्वारा हत्या हुनुभन्दा केही दिनअघि प्याटीले अभिव्यक्ति स्वतन्त्रताको विषयमा छलफलका क्रममा आफ्नो कक्षामा पैगम्बर मोहम्मदको कार्टुन देखाएका थिए।
रिपोर्टका अनुसार आक्रमणकारी चेचेन मूलका १८ वर्षीय रुसी थिए, जो पछि प्रहरी कारबाहीमा मारिएका थिए। सोही क्रममा पेरिसको विशेष अदालतमा आरोपीविरुद्ध मुद्दा चलाइएको थियो।
यस अवधिमा अभियुक्तहरूमाथि हत्या हुनुअघि अपराधीलाई सहयोग गरेको र अनलाइन घृणा अभियान चलाएको आरोप लगाइएको थियो। यसैबीच यस मुद्दामा फैसला सुनाउने क्रममा अदालतमा कडा सुरक्षा व्यवस्था गरिएको थियो।
आक्रमणकारीका साथीहरू २२ वर्षीय नइम बौदौद र २३ वर्षीय अजिम अप्सिरखानोभलाई पनि हत्यामा संलग्नताको दोषी बनाएर अदालतले उनीहरूलाई १६/१६ वर्षको जेल सजाय सुनाएको छ।


