काठमाडौँ – घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सकिएको खेलमा युनाइटेड बर्नमाउथसँग ३-० गोलअन्तरले पराजित भएको हो। युनाइटेडको घरेलु मैदान ओल्ड टाफोर्डमा बर्नमाउथले २९, ६१ र ६३ औं मिनेटमा तीन गोल गरेको हो। ६१ औं मिनेटमा भएको गोल पेनाल्टीमार्फत आएको हो।
यसअघिको खेलमा म्यानचेस्टर सिटीलाई हराएको युनाइटेड आजको खेलमा भने अंकविहीन हुन पुगेको हो। युनाइटेड अहिले १७ खेलबाट २२ अंकसहित १३ औं स्थानमा छ।
उता बर्नमाउथ भने अप्रत्यासित नतिजा निकाल्दै पछिल्ला पाँच खेलमा अपराजित छ। युनाइटेडलाई सजिलै पाखा लगाएको उसले आजको जितपछि २८ अंक बनाउँदै पाँचौँ स्थानमा उक्लिन सफल भएको छ। समान १७ खेल खेलेको बर्नमाउथले ८ जित र ५ हार बेहोरेको छ।


