काठमाडौँ – ला लिगमा हिजो राति भएको खेलमा सेभिल्लामाथि जित निकाल्दै रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिको मड्रिसँग अंक दूरी घटाएको छ।
रियलको जितमा चार फरक फरक खेलाडीले गोल गरे। किलियन एम्बाप्पेले खेलको १० औं मिनेटमा पहिलो गोल गरे। त्यस्तै फेडरिको भालभर्डेले २० औं मिनेटमा गोल गर्दै टोलीलाई २-० को अवस्थामा पुर्याए। ३४ औं मिनेटमा ब्राजियलन फरवार्ड रोड्रिगोको गोलपछि रियललाई ३-० अवस्थामा पुगेको थियो। तर लगत्तै ३५ औं मिनेटमा रोमेरोले गोल गर्दै सेभिल्लाको गोलअन्तर घटाएका थिए।
५३ औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दा रियल ४-१ गोलअन्तरले अघि थियो। ८५ औं मिनेटमा सेभिल्लाले थप एक गोल गर्दा खेल ४-२ मा टुंगियो।
जितपछि रियलले १८ खेलबाट ४१ अंक बनाएको छ भने पराजित सेभिल्लाको समान खेलबाट मात्र २२ अंक छ। शीर्ष स्थानको एट्लेटिकोको भने १८ खेलबाटै ४२ अंक छ।


