एजेन्सी – ब्राजिलको पर्यटकीय सहर ग्रामाडोमा विमान दुर्घटना भएको छ। यो विमान सिधै मानिसको घर र पसलमा खसेको थियो। यस दुर्घटनामा विमानमा सवार एकै परिवारका सबै १० जनाको मृत्यु भएको छ।
विमान दुर्घटनामा सबै १० यात्रुबाहेक चालक दलका एक सदस्यको पनि मृत्यु भएको थियो। जमिनमा एक दर्जन बढी घाइते भएको खबर छ।
विमान पहिले घरको चिम्नीमा ठोक्किएको थियो। त्यसपछि त्यो भवनको दोस्रो तल्लामा ठोक्किएर सिधै ग्रामाडो सहरको ठूलो आवासीय क्षेत्रमा रहेको मोबाइल फोन पसलमा खसेको थियो।
जानकारीका अनुसार यो विमान दुर्घटनामा धुवाँका कारण जमिनमा रहेका एक दर्जनभन्दा बढी घाइते भएका छन्। तीमध्ये धेरैको अवस्था निकै गम्भीर छ। दुर्घटना के कारणले भएको हो भन्ने अझै खुल्न सकेको छैन।


