२०८३ कार्तिक १३ गते बिहिबार

ताइवानलाई हतियार बेचेपछि अमेरिकालाई चीनले भन्यो- आगोसँग नखेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ८
trump-xijinfing

एजेन्सी – ताइवानलाई प्राप्त नयाँ अमेरिकी सैन्य सहायताप्रति चीनले कडा प्रतिक्रिया दिएको छ। चीनले यसलाई अमेरिकाको ‘एक चीन’ सिद्धान्तको विरुद्ध रहेको भन्दै अमेरिका आगोसँग खेलिरहेको चेतावनी दिएको हो।

यस विषयमा चीनको विदेश मन्त्रालय र ताइवान मामिलासँग सम्बन्धित कार्यालयले ताइवानलाई अमेरिकी सहयोगको प्रतिक्रिया दिएको छ।

अमेरिकाले शुक्रबार ताइवानलाई ५७१.३ मिलियन डलरको नयाँ सैन्य सहायता घोषणा गरेको छ र ताइवानलाई २९ करोड ५० लाख डलरको हतियार बेच्न पनि स्वीकृति दिएको छ।

यसबारे चिनियाँ विदेश मन्त्रालय र राज्य परिषद्को ताइवान मामिला कार्यालयले आइतबार अमेरिकाको आलोचना गरेको छ। चीनको रक्षा मन्त्रालयले पनि ताइवानलाई हतियार बिक्री र आर्थिक सहायताको निन्दा गरेको छ।

अमेरिकी रक्षा मन्त्रालयले चीनको सैन्य सुरक्षा विस्तारको प्रतिवेदन प्रस्तुत गरेको छ। यसको जवाफमा शनिबार चीनले ताइवानको मामिलामा अमेरिकाको कदमको आलोचना गरेको छ।

चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार चिनियाँ स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका प्रवक्ता सु फेंग्लियनले आइतबार अमेरिकाले ताइवानलाई कुनै पनि रूपमा हतियार उपलब्ध गराउने कुरामा चीन पूर्ण रूपमा विपक्षमा रहेको बताए।

तर, अमेरिकाले ताइवानलाई हतियार बेचेको यो पहिलो पटक भने होइन। अमेरिकाले विगतमा पनि ताइवानलाई हतियार दिँदै आएको छ।

प्रकाशित: २०८१ पुस ८ गते सोमबार ०८:३६
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रिँदा विदेशी मुद्रा सञ्चिती बढेर पुग्यो साढे २६ अर्ब डलर

रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिसँगै विदेशी मुद्रा सञ्चिति बढेको हो। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.९ प्रतिशत बढेर ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा, आशयपत्र दिने तयारी

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आशयपत्र (एलओआई) दिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना