एजेन्सी – अमेरिकामा मेट्रोमा एक महिलालाई एक पुरुषले जलाएर हत्या गरेका छन्।
आइतवार बिहान कोनी आइल्याण्ड (स्टिलवेल एभिन्यू सबवे स्टेसन) मा स्थिर एफ ट्रेनमा बसिरहेकी एउटी निदाइरहेकी महिलालाई एक जना मानिसले आगो लगाइदिएका हुन्। शरीरमा आगो लागेकी उक्त महिलाको मृत्यु भएको छ।
आइतबार रातिसम्म सनाखत हुन नसकेकी महिलालाई घटनास्थलमै मृत घोषणा गरिएको थियो। केही घन्टापछि ती पुरुषलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो।
पुलिस कमिश्नर जेसिका टिशले आइतबार साँझ एक पत्रकार सम्मेलनमा प्रहरीले ती पुरुषलाई पक्राउ भएको जानकारी दिएकी हुन्। एक मानवले अर्को मानवविरुद्ध गर्ने सबैभन्दा जघन्य अपराध भएको ती कमिश्नरले बताएकी छन्।


