एजेन्सी – क्यानडाले विदेशी कामदारका लागि स्थायी बसोबासको नयाँ बाटो खोलेको छ। यसका लागि नयाँ कार्यक्रम सुरु भएको छ। यस कार्यक्रमअन्तर्गत विदेशी कामदारले स्थायी बसोबासका लागि आवेदन दिन सक्नेछन्।
क्युबेक बाहिर फ्रान्कोफोन अल्पसंख्यक जनसंख्या भएको समुदायमा बसोबास गर्न चाहने विदेशी नागरिकहरूका लागि नयाँ स्थायी बसोबास विकल्प लागू गरिएको छ।
फ्रान्कोफोन समुदाय अध्यागमन वर्गभित्रको एक आर्थिक वर्ग हो। यी क्युबेक बाहिर क्यानाडाका नियमित समुदायहरूमा फ्रान्कोफोन जनसंख्यालाई बढावा दिन ल्याइएको हो।
क्यानाडाको नयाँ नियमले क्यानाडाको फ्रान्कोफोन अल्पसंख्यक क्षेत्रमा बसोबास गर्ने र योग्यताको मापदण्ड पूरा गर्ने योजना बनाउने विदेशी नागरिकहरूलाई स्थायी बासिन्दा बन्न मद्दत गर्ने बताइएको छ।
यो नयाँ कार्यक्रम पनि क्यानाडाको फ्रेन्च भाषी (फ्रान्कोफोन) अल्पसंख्यक जनसंख्यालाई सशक्त बनाउन र विविधता प्रवर्द्धन गर्न सिर्जना गरिएको थियो।
यसको मुख्य उद्देश्य क्यानाडाका विभिन्न प्रान्तहरूमा फ्रान्कोफोन समुदायहरूलाई बलियो बनाउनु हो। विदेशी कामदारहरूलाई रोजगारीको अवसर प्रदान गर्दै समुदायको उत्पादकत्व वृद्धि गर्ने यसको उद्देश्य हो। यो कार्यक्रमका लागि आवेदन दिन यी सबै मापदण्डहरू पूरा गर्न अनिवार्य छ।


