एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार समूह, ड्र र आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को तालिका सार्वजनिक गरेको छ।
तालिकाअनुसार प्रतियोगिता १९ फेब्रुअरीबाट सुरु हुने र फाइनल खेल ९ मार्च २०२५ मा हुनेछ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई पाकिस्तानसँगै तटस्थ स्थानको रूपमा निर्णय गरिएको छ।
१९ दिनसम्म चल्ने यस एकदिवसीय क्रिकेट प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको छ भने यस अवधिमा १५ खेल हुनेछन्।
भारतीय पुरुष क्रिकेट टोलीले आफ्ना सबै खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल्नेछ। भारत र पाकिस्तानबीचको खेल २३ फेब्रुअरीमा दुबईमा हुनेछ।
सन् २०१७ को डिफेन्डिङ च्याम्पियन पाकिस्तानले सन् १९९६ पछि पहिलो पटक आईसीसी ग्लोबल क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ।


