एजेन्सी – पाकिस्तानले अफगानिस्तानमा हवाई हमला गरेको छ। पाकिस्तानको हमलाका कारण १५ जनाभन्दा बढीको ज्यान गएको तालिवानले दाबी गरेको छ।
तालिवानी रक्षा मन्त्रालयले पाकिस्तानले पाक्टिकाको बर्मलमा राति भएको हवाई हमलाप्रति कडा प्रतिक्रिया जनाएको छ।
अफगानिस्तानको मन्त्रालयले पाकिस्तानलाई यस आक्रमणको उचित जवाफ दिइने बताएको छ। तर, मन्त्रालयले आफ्नो भूमि र सार्वभौमसत्ताको रक्षा गर्ने अधिकारलाई जोड दिएको जनाएको छ। मन्त्रालयले भनेको छ-पाकिस्तानको हवाई हमलामा वजिरिस्तानका शरणार्थीहरूलाई निशाना बनाइएको हो।
यस हमलामा ज्यान गुमाउनेमा धेरै बालबालिका र महिला छन्।
पाकिस्तानी अधिकारीहरूले भने अफगानिस्तानमा भएको हवाई आक्रमणबारे अहिलेसम्म कुनै पुष्टि गरेका छैनन्। मिडिया रिपोर्टका अनुसार पाकिस्तानी सेनाका स्रोतहरूले सीमावर्ती तालिबान पोष्टहरूमा हमला भएको बताएका छन्।
तालिबानले पाकिस्तानी सुरक्षा बलमाथि आक्रमण बढाएको छ। पाकिस्तानी अधिकारीहरूले अफगान तालिबानले पाकिस्तानी आतंकवादीहरूको आक्रमण रोक्न आफूहरूलाई सहयोग नगरेको दाबी गरिरहेका छन्।


