एजेन्सी – बंगलादेशमा क्रिसमसको एक दिनअघि इसाई समुदायका १७ वटा घर जलाइएको थियो।
घटना बन्दरबन जिल्लाको चटगाउँ पहाडमा भएको हो। क्रिसमसको अवसरमा प्रार्थना गर्न चर्च गएका बेला मौकाको फाइदा उठाउँदै घरमा आगजनी गरिएको पीडितको दाबी छ।
घटनामा १५ लाखभन्दा बढीको बंगलादेशी मुद्राको नोक्सानी भएको इसाई समुदायका मानिसले बताएका छन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो।
बुधबार दिउँसोसम्म आगजनीका सम्बन्धमा औपचारिक उजुरी नपरेको तर उजुरी आएमा कारबाही गरिने प्रहरीले जनाएको छ।


