चितवन– सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ। अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव सुरू गरेको हो। यो १८औं हात्ती महोत्सव हो।
सौराहा आडको बाङमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सोमबारसम्म महोत्सव सञ्चालन हुने छ। महोत्सवको उद्घाटनअघि सिंगारिएका हात्तीको लस्करसहित आदिवाासी थारू लगायतका समुदायको सांस्कृतिक झाँकी निस्किएको थियो।
हात्ती महोत्सवको अवसरमा हात्तीको फुटबल पेनाल्टी हान्ने खेलसहित विविध गतिविधि र सांगितिक कार्यक्रमहरू हुने आयोजक सौराहा हानका सचिव महेश खनालले बताए। शुक्रबार हात्ती सुन्दरी प्रतियोगिता हुनेछ। शनिबार हात्तीको पिकनिक कार्यक्रम छ।
















