काठमाडौँ- सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ।
अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि सुरु गरेको हात्ती महोत्सवको यो १८औँ संस्करण हो।
सौराहा आडको बाङमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सोमबारसम्म महोत्सव सञ्चालन हुने छ।
महोत्सवमा हात्तीका विभिन्न खेल र मनोरञ्जनात्मक गतिविधि देखाउने गरिन्छ।
आज ढोई (पोथी हात्ती)हरूको सुन्दरी प्रतियोगिता भएको छ। प्रतियोगितामा दर्जनभन्दा बढी हात्ती सहभागी गराइएको थियो।
हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ले जितेकी छ।
बागमारा सामुदायिक वनको चौरमा भएको प्रतियोगितामा शृङ्गार, चालचलन, अनुशासन, आज्ञाकारी, हिँड्दाको चाल, स्वास्थ्यलगायतका बुँदामा बिजुलीकली उत्कृष्ट ठहर भई।



















तस्बिर : नेपाल फोटो लाइब्रेरी


