२०८३ कार्तिक १३ गते बिहिबार

दक्षिण कोरियामा १४ दिनमा ३ राष्ट्रपतिः २ जनालाई महाभियोग, अर्थमन्त्रीको काँधमा जिम्मेवारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १२
south-korea-finance-minister

एजेन्सी – प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान दुक सुलाई शुक्रबार दक्षिण कोरियाको संसदमा महाभियोग लगाएर हटाइएको छ। उनको विपक्षमा १९२ मत परेको थियो। उनलाई पदबाट हटाउन १५१ मत मात्र काफी थियो।

सत्तारुढ दलले मतदान बहिष्कार गरेको थियो।

अब यहाँ अर्थमन्त्री चोई साङ मोकले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्। चोई सोङले डिसेम्बर ३ मा देशमा ‘मार्शल ल’ लागू गरेको खुलेर विरोध गरेका थिए। उनले यसलाई देशको अर्थतन्त्रका लागि विनाशकारी भनेका छन्।

युन सुक योले ३ डिसेम्बरमा मार्शल ल लगाएका थिए। तर, प्रतिपक्षको प्रयासका कारण ६ घण्टामै यो स्थगन भएको थियो। विपक्षी दलले संसदमा मतदानमार्फत सैनिक कानुनको प्रस्ताव अवैधानिक घोषणा गरेको थियो।

यसपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओललाई महाभियोग लगाएर पदबाट हटाइएको हो। यसपछि १४ डिसेम्बरमा हान डक सूलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो। तर उनी पनि १३ दिन मात्रै यस पदमा रहन सके।

विपक्षी दलको हितमा सभामुखले गरे निर्णय

शुक्रबार दक्षिण कोरियाको संसदमा मतदानका क्रममा निकै हंगामा भएको थियो। सभामुखले कार्यवाहक राष्ट्रपतिलाई हटाउन सांसदहरूको ५० प्रतिशत मत आवश्यक पर्ने बताएका थिए। दक्षिण कोरियाको संसदको गणितअनुसार १ सय ५१ सांसदको मतले मात्र कार्यवाहक राष्ट्रपति हटाउन सकिने व्यवस्था छ।

संसदमा विपक्षी दलको १९२ सिट छ। यस्तो अवस्थामा कार्यवाहक राष्ट्रपतिलाई हटाउन सहज भएको थियो।

१०८ सिट मात्रै पाएको सत्तारुढ दलले यसको विरोध गरेको छ। यसअघि राष्ट्रपति युनलाई हटाउन २ सय सिट आवश्यक थियो। महाभियोग सफल भएपछि कार्यवाहक राष्ट्रपति हानले आफूले संसदको निर्णयको सम्मान गरेको बताएका छन्। तर सर्वोच्च अदालतको फैसला पर्खने बताएका छन्।

प्रकाशित: २०८१ पुस १२ गते शुक्रबार ०८:५०
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना