एजेन्सी – सिरियामा बसर अलअसदको कार्यकालमा कुख्यात सेडनाया जेलमा हजारौं मानिसहरूलाई मृत्युदण्ड दिने सर्वोच्च सैन्य न्यायाधीश मोहम्मद कान्जु अल हसनलाई पक्राउ गरिएको छ।
हसनको गिरफ्तारी सिरियामा भर्खरै भएको विद्रोहपछिको सबैभन्दा ठूलो गिरफ्तारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्। हसन सन् २०११ देखि २०१४ सम्म सिरियाली सैन्य अदालतको न्यायाधीश थिए। यस अवधिमा उनले हजारौं मानिसहरूलाई मृत्युदण्ड दिएका थिए।
हसनमाथि कैदीका आफन्तहरूबाट विभिन्न माध्यमबाट १५ सय करोड अमेरिकी डलर संकलन गरेको पनि आरोप छ। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार हसनलाई बिहीबार अन्य २० जनासँग पक्राउ गरिएको हो।
सिरियाका अन्तरिम गृहमन्त्री मोहम्मद अब्देल रहमानले तातुन्स प्रान्तमा लुकेर बसेका हसनलाई पक्राउ गर्ने क्रममा १४ सरकारी सैनिक मारिएको बताएका छन्। हसनलाई बेलायती सरकारले सन् २०२३ मा सिरियामा सर्वसाधारणमाथि दमन गरेको कारण प्रतिबन्ध लगाएको थियो। सेडनाया जेलमा अमानवीय अपराधका लागि उनलाई जिम्मेवार ठहराइएको थियो।
न्यायाधीश हसनमाथि मानवअधिकार उल्लंघनको गम्भीर आरोप लागेको छ। सन् २०११ मा जब सिरियामा असदविरुद्ध अरब स्प्रिंग सुरु भयो तब हसन दमास्कसको क्षेत्रीय सेना अदालतमा न्यायाधीश भएका थिए।
एक साक्षीका अनुसार हसनले गुप्तचर एजेन्सीहरूसँग राजनीतिक बन्दीहरू विरुद्ध अन्य व्यक्तिहरूबाट झूटा प्रमाण संकलन गर्न काम गर्थे। अदालतमा सुनुवाइ ३० मिनेट मात्र हुने बताइएको छ, जसमा अभियुक्तलाई बोल्न दिइनेछैन।
राष्ट्रपतिले माफी दिँदा पनि उनी रिहाइ गर्दैन थिए
हसनमाथि राष्ट्रपतिले माफी दिएपछि कैदीबन्दीलाई रिहा नगरेको आरोप लागेको छ। कैदीहरूलाई रिहा गर्न उनीहरूका परिवारका हसनले पैसा असुल्ने गरेका थिए। यस कार्यमा उनका भाइ माहेर अल असद पनि संलग्न रहेको आरोप लागेको थियो।


