२०८३ कार्तिक १८ गते मङ्गलबार

पहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १४
nepal map

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका अवसर र चुनौतीबारे विमर्श गरी आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले पहिलोपटक आयोजना हुन लागेको सुदूरपश्चिम प्रदेशका स्थानीय तहका प्रमुखहरुको पहिलो सम्मेलन (मेयर सम्मेलन २०८१) को तयारी पूरा भएको छ।

परशुराम नगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु हुने दुई दिने सम्मेलनको सम्पूर्ण व्यवस्थाकीय तयारी पूरा भएको नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिए।

सम्मेलनमा सुदूरपश्चिमका उपमहानगरपालिका, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्ष, विषयविज्ञ र सरोकारवालाको सहभागिता रहने उनले बताए। स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत यहाँको समग्र विकासका लागि सङ्गठित आवाज मुखरित गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख जोशीले बताए।

‘पहिलो सुदूरपश्चिम नगरपालिका मेयर फोरम २०८१ यस क्षेत्रका प्रमुख सरोकारवाला, स्थानीय सरकारका नेतृत्वकर्ता, विज्ञहरू, प्रादेशिक र क्षेत्रीय सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकैठाउँमा ल्याउने लक्ष्यका साथ आयोजना हुँदैछ’, उनले भने, ‘फोरमले सुदूरपश्चिम क्षेत्रको बृहत् विकासका लागि सहयोग बढाउन विचार आदानप्रदान र दिगो रणनीति निर्माणका लागि मञ्च प्रदान गर्नेछ। सूदुरपश्चिमको भविष्यका लागि स्थानीय तह मिलेर काम गर्ने र योजना बनाउने यसको मुख्य लक्ष्य हो।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले विभिन्न पाँच विषयमा स्थानीय तहका प्रमुख तथा विषय विज्ञहरुले विमर्श गर्ने र त्यसको निष्कर्षले यहाँको विकासका लागि सहकार्यमार्फत दिगो रणनीतिहरू निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बताइन्।

उनका अनुसार सम्मेलनमा ‘नीतिका कुरा’ सत्रमा प्रशासकीय कानुनविद् काशीराज दाहाल, सुदूरका सम्भावनाबारे लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपाने, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, स्थानीय तहका चुनौती र सम्भावनाबारे स्थानीय प्रमुखहरू, विपद् व्यवस्थापन र जलवायु परिवर्तन तथा महाकाली संवाद सत्रमा प्रमुख सरोकारवालाहरूबीच विमर्श हुनेछ।

प्रकाशित: २०८१ पुस १४ गते आईतबार ०८:१९
प्रतिक्रिया

थप समाचार

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सामान्य अंकले बढ्यो नेप्से, ग्लोबल आइएमई बैंकको कारोबार उच्च

काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ६.६२ अंकले बढेर २ हजार ६६४.१३ विन्दुमा पुगेको छ। नेप्से परिसूचक बढे पनि यस दिन सेयर कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार...

एनपीएलमा बन्यो दशौँ अर्धशतक

काठमाडौँ: राजधानीमा जारी तेस्रो सँस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका विदेशी खेलाडी आन्द्रे रसेलले प्रहार गरेको अर्धशतकसँगै एपीएलमा हालसम्म अर्धशतक दश पुगेको छ। रसेलले...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना