२०८३ कार्तिक १२ गते बुधबार

सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा ११ वर्षे दीर्घकालीन समानता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १५
rain (2)

म्याग्दी- अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिविधि र वर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ।

अनुसन्धानकर्ता गौतमको नेतृत्वमा अनुसन्धानकर्ता अशोक सिल्वाल, बासुदेव बराल र डा विनोद अधिकारीको टोलीले ‘द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटी अन रेनफल इन नेपाल: अ केस स्टडी’ शीर्षकमा गरेको अध्ययनको प्रतिवेदन अन्तर्राष्ट्रिय जर्नल ‘एड्भान्सेस इन स्पेस रिसर्च’मा प्रकाशित भएको हो।

जल तथा मौसम विज्ञान विभागको सन् १९६८ देखि सन २०२३ सम्मको पोखरा र काठमाडौँको मासिक वर्षाको तथ्याङ्कहरुलाई सौर्य गतिविधिको सम्बन्धलाई आधार मानेर अध्ययन गरिएको अनुसन्धानकर्ता गौतमले बताए।

‘यो अध्ययनले नेपालका दुई सहर पोखरा र काठमाडौको मासिक वर्षा र सौर्य गतिबिधिबीचको सम्बन्धलाई वैज्ञानिक दृष्टिले प्रमाणित गरेको छ,’ उनले भने ‘सौर्य गतिविधि र वर्षाको प्रवृतिमा ११ वर्षे दीर्घकालीन समानता पाइएको छ।’

११ वर्षको सौर्य चक्रको असर वर्षामा पर्ने र सो तथ्यलाई आधार मानेर वर्षाजन्य विपद्को जोखिममा रहेका ठाउँमा पूर्व सतर्कता अपनाउन सहयोग पुग्ने अनुसन्धानकर्ता गौतमले बताए।

उनका अनुसार विश्वका विभिन्न देशहरुमा सौर्य गतिविधि र वर्षाका बीचको सम्बन्धबारे अनुसन्धान भएपनि भौगोलिक विविधतायुक्त नेपालमा यो विषयमा भएको वैज्ञानिक प्रमाण सीमिति थिए।

यसैले यो अध्ययन प्रतिवेदन नेपालका लागि सान्दर्भिक र महत्वपूर्ण मानिएको छ। सूर्यको विकरणमा हुने परिवर्तन, ‘सनस्पट’ चक्र र सौर्य वायुको उतारचतावले पृथ्वीको जलवायु प्रणालीमा महत्वपूर्ण प्रभाव पर्न सक्ने विश्वका अन्य देशहरुमा भएका पुराना अध्ययनले प्रमाणित गरेको छ।

वायुमण्डलीय परिसञ्चालन, बादल निर्माण र वर्षाका ढाँचाहरुलाई प्रभावित पार्ने प्रतिवेदनमा उल्लेख छ।

‘क्रस वेभलेट ट्रान्सफर्म’ अध्ययन प्रविधिको प्रयोग गरेर तथ्याङ्कको अध्ययन र विष्लेषण गरिएको हो। नेपालमा सौर्य गतिविधिले जलवायु प्रणालीमा पार्ने प्रभावको महत्व उजागर गरेको यस अध्ययन प्रतिवेदनले सौर्य गतिविधि र जलवायु परिवर्तनबीचको अन्तरसम्बन्ध पहिचान गर्न आधार सिर्जना गरेको छ।

सौर्य गतिविधिलाई नेपालमा जलवायु परिवर्तन अध्ययनको एक महत्वपूर्ण कारकका रुपमा स्थापित गरेको छ। यसले नेपालको वैज्ञानिक समाज र जलवायु व्यवस्थापन सम्बन्धी रणनीतिहरुमा नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको छ।

त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्र विषयमा स्नातक र स्नाकोत्तर पुरा गरेर पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अमेरिकाको ‘युनिभर्सिटी अफ आलाबामा इन हन्ट्सभिलमा स्पेस साइन्स’मा पुनः स्नातकोत्तर सकेर विद्यावारिधि अध्ययन गरिरहेका गौतमको घर म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ हो।

उनले अमेरिकाको उक्त विश्वविद्यालयको अध्ययन केन्द्रमा ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनोमिक रिसर्च’मा रिसर्च असिस्टेन्टको रूपमा आफ्ना अनुसन्धान गर्दै आएका छन्।

प्रकाशित: २०८१ पुस १५ गते सोमबार १२:१०
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना