काठमाडौँ – सन् २०२५ को पहिलो खेलमा आर्सनलले सुखद् नतिजा निकालेको छ।
गएराति सम्पन्न खेलमा ब्रेन्टफोर्डलाई उसकै मैदानमा ३-१ को सहज जित निकालेको आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा पनि उक्लेको छ।
पहिलो हाफको १३ औं मिनेटमा गोल खाए पनि आर्सनलले लगातार तीन गोल थप्दै जित सुनिश्चित गरेको थियो। उसका लागि ग्याब्रिअल जिससले २९ औं, माइकल मेरिनोले ५० औं र मार्टिनेलीले ५३ औं मिनेटमा गोल गरेका थिए।
लगातार तेस्रो खेलमा जित निकालेको आर्सनलले १९ खेलबाट ३९ अंक बनाएको हो। यो भनेको शीर्ष स्थानमा रहेर एक खेल कम खेलेको लिभरपुलको भन्दा ६ अंक कम हो। यस क्रममा आर्सनलले ११ मा जित र ६ बराबरी खेलेको छ।


