काठमाडौँ – एटलान्टामाथि २-० को सहज जित निकाल्दै इन्टर मिलान सुपरकोपा इटालियाको फाइनल प्रवेश गरेको छ।
गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि इन्टर मिलाउनलाई जित दिलाउन नेदरल्याण्डका डन्जेल डमफ्राइसले ४९ र ६१ औं मिनेटमा दुई गोल गरेका थिए।
आज राति युभेन्ट्स र एसि मिलानबीच अर्को सेमिफाइनल हुनेछ। त्यसको विजेतासँग इन्टरले उपाधिका लागि खेल्नेछ।
साउदी अरेबियाको रियादमा चलिरहेको यो प्रतियोगितामा चार टिम सहभागी छन्। साउदी अरेबियाले इटालीको यो घरेलु प्रतियोगिताको आयोजना गरेको यो लगातार तेस्रो पल्ट हो। युभेन्ट्स गत वर्षको प्रतियोगिताको विजेता हो।


