काठमाडौँ – प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्टहाममाथि ४-१ को जित निकाल्दै महत्वपूर्ण तीन अंक बटुलेको छ।
घरेलु मैदानमा सिटीलाई जिताउन दुई खेलाडीले ३ गोल गरे भने एक आत्मघाती गोल सिटीले उपहारस्वरूप पाएको हो। खेलको १० औं मिनेटमा आत्मघाती गोलका कारण १-० को अग्रता बनाएको सिटीका लागि इर्लिङ हाल्याण्डले ४२ र ५५ औं मिनेटमा दुई गोल गरे भने फिल फोडेनले ५८ औं मिनेटमा थप एक गोल गर्दै टोलीलाई जित सुनिश्चित गराए।
जितपछि सिटी २० खेलबाट ३४ अंक बनाउँदै छैटौँ स्थानमा उक्लिएको छ भने पराजित वेस्ट हाम १३ औं स्थानमा छ।
यता राति नै भएको यसै लिगअन्तर्तग अर्को खेलमा आर्सनल भने ब्राइटनसँग बराबरीमा रोकिएको छ। ब्राइटनसँग १-१ को बराबरी गरेको आर्सनलले लिभुरपुरसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ। आर्सनलको २० खेलबाट ४० अंक भएको छ।


