काठमाडौँ – सिड्नी टेस्टमा भारतीय टोली अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको छ। यो हारसँगै भारतीय टोली बोर्डर-गावस्कर ट्रफीमा ३-१ ले पराजित भएको छ। अष्ट्रेलियाले यो सिरिजमा भारतलाई १० वर्षपछि पराजित गरेको हो।
यसअघि सन् २०१४-१५ सिजनमा महेन्द्रसिंह धोनीको कप्तानीमा भारतीय टिमले अस्ट्रेलियासँग सिरिज जितेको थियो।
यो सिरिजको तेस्रो दिन आइतबार भारतले अस्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको थियो, जुन अष्ट्रेलियाले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर पूरा गरेको थियो। ट्राभिस हेड ३४ र ब्यु वेबस्टर ३९ रनमा अविजित रहे। यी दुई बाहेक उस्मान ख्वाजाले ४१ र साम कन्स्टासले २२ रन बनाए।
भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए। दिनको पहिलो सत्रमा भारतीय टोली दोस्रो इनिङ्समा १५७ रनमा अलआउट भएको थियो।
यसअघि अस्ट्रेलिया पहिलो इनिङ्समा १८१ रनमा अलआउट भएको थियो भने भारतले पहिलो इनिङ्समा १८५ रन बनाएको थियो। यससँगै भारतले पहिलो इनिङ्समा ४ रनको अग्रता लिएको थियो।


