एजेन्सी – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार साँझ पदबाट राजीनामा दिएका छन्।
उनले पार्टीको नेता पद पनि त्यागेका छन्। राजीनामा दिनुअघि उनले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
उनले भने, ‘घरमै लड्नुपर्यो भने आगामी चुनावमा म राम्रो विकल्प बन्ने छैन। म क्यानेडियनहरूको गहिरो ख्याल राख्छु। म सधैं क्यानडाका जनताको भलाइको लागि काम गर्नेछु।’
रिपोर्टका अनुसार प्रधानमन्त्री ट्रुडो आफ्नो उत्तराधिकारी चयन नभएसम्म प्रधानमन्त्री पदमा रहनेछन्। उनको सरकारको कार्यकाल आगामी अक्टुबरसम्म थियो।
राजीनामा दिएपछि क्यानडामा छिट्टै निर्वाचन हुनसक्छ। उनी नोभेम्बर २०१५ देखि देशको प्रधानमन्त्री बनेका थिए।


