एजेन्सी – बलिउड अभिनेता सलमान खानको घरमा बुलेट प्रुफ पर्खाल बनाइएको छ।
गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध व्यक्तिहरूले गोली चलाएपछि सलमानको घरमा सुरक्षा बढाइएको हो। अहिले सलमानको बालकोनी र झ्याल बुलेट प्रुफ बनाइएको छ।
सलमानको ग्यालेक्सी अपार्टमेन्टमा केही समयदेखि नवीकरणको काम चलिरहेको थियो। अहिले अपार्टमेन्टको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनको बालकनी र झ्यालमा बुलेट प्रुफ सिसा देखिएका छन्।
सलमानको सुरक्षा प्रणाली उच्च प्रविधियुक्त बनाइएको छ। घर वरिपरि उच्च रिजोल्युसनका सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ।
सलमान खान ग्यालेक्सी अपार्टमेन्टको ग्राउन्ड फ्लोरमा एक बीएचकेमा बस्छन्। जबकि उनका आमाबाबु यस अपार्टमेन्टको पहिलो तल्लामा बस्छन्।


