काठमाडौँ – बैंक ग्यारेन्टीमार्फत काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले आज लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत लामिछानेले धरौटी रकम बुझाएका हुन्।
जिल्ला अदालत कास्कीबाट पनि लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।


