काठमाडौँ – बार्सिलोनाले फेरि अर्को पाँच गोलको जित निकालेको छ।
कोपा डेल रेअन्तर्गत राउण्ड १६ मा बार्सिलोनाले रियल बेटिसमाथि ५-१ को सहज जित निकालेको हो। बार्सिलोनालाई जित दिलाउन गाभीले तेस्रो मिनेटमै गोल गरेका थिए। त्यस्तै कोन्डेले २७, राफिनाले ५८, फरान टोरेसले ६७ र लमिन यमलले ७५ औं मिनेटमा समान एक/एक गोल गरे।
बार्सिलोनाबाटै रियल बेटिस पुगेका भिक्टर रुकेले ८४ औं मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल गरे।
बार्सिलोनाले गत सोमबार सुपरकोपाको फाइनलमा रियल मड्रिडमाथि ५-२ गोलअन्तरको जित निकालेको थियो।
त्यस्तै आजै राति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले इल्चेलाई ४-० गोलअन्तरले पराजित गरेको छ। ५० औं मिनेटमा रातो कार्ड खाएर १० खेलाडीमा सीमित इल्चेलाई हराउन एट्लेटिकोका तीन खेलाडीले गोल गरे।
नर्वेजियन स्ट्राइकर एलेक्जेन्डर सोलर्थले ८ औँ र पेनाल्टीमार्फत २९ औं मिनेटमा गोल गरे भने रोड्रिगो रिक्वेलमीले ६१ र जुलियन अल्भारेजले ७५ औं मिनेटमा गोल गरे।


