काठमाडौं – भारतमा जारी खो खो खेलको विश्वकपको पहिलो संस्करणमा आज नेपालको पुरुष टिमले आज भुटानसँग लिग चरणको चौथो तथा अन्तिम खेल खेल्दैछ।
खेल नेपाली समयअनुसार खेल बिहान साढे ९ बजे सुरु हुँदैछ। नेपाल आयोजक भारतसँग ४२-३७ ले पराजित भएको थियो भने समूह एमा रहेको पेरुसँग ८०–३४ ले पराजित गरेको थियो। तेस्रो खेलमा बुधबार भने नेपालले ब्राजिलमाथि १३४-८ को शानदार जित निकालेको थियो।
समूह एमा ३ खेलमा अपराजित भारत भने एक खेल अगावै क्वाटरफाइनलमा पुगेको छ। नेपाल भने ४ अंकका साथ दोस्रो स्थानमा छ।
महिलातर्फ भने नेपाल यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ। नेपाली महिला टोलीले आज पौने ५ बजे बंगलादेशसँग खेल्नेछ। आजको खेल जिते बंगलादेश पनि अन्तिम ८ मा प्रवेश गर्नेछ।
बुधबार भएको महिलातर्फको खेलमा नेपाली टिमले आफ्नो तेस्रो खेलमा अर्को दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकालाई ११०-१० को फराकिलो स्कोरमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो।
नेपाली महिला टिमले यसअघि पहिलो खेलमा भुटानविरुद्ध ९३-२४ र दोस्रो खेलमा जर्मनीविरुद्ध ७३-३४ को जित निकालेको थियो। प्रतियोगिताको समूह ‘सी’ मा नेपालसँगै भुटान, श्रीलंका, जर्मनी र बंगलादेश छन्।


