२०८३ कार्तिक १३ गते बिहिबार

आर्मीलाई हराउँदै पुलिस बन्यो जय ट्रफी च्याम्पियन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ३
jay-trophy

वीरगञ्ज – जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ। बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको हो।

दुई स्पिनर सागर ढकाल र ललितनारायण राजवंशी चर्केपछि नेपाल पुलिस च्याम्पियन बनेको हो। आर्मीलाई पुलिसले २८ रनले हराएको हो।

वीरगञ्जमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ ओभरमा ७४ रन बनाउँदै अल आउट भयो। पुलिसका दुई स्पिनर सागर र ललितले आर्मी टोलीलाई अलआउट गरे। सागरले ६ र ललितले ४ विकेट लिए।

प्लेयर अफ दि म्याच भएका सागरले १४.२ ओभरमा १ मेडनसहित ३५ रन खर्चे। ललितले १५ ओभरमा २ मेडन राख्दै ३९ रन दिए।

आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन जोडे। कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए। आर्मीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पुलिसले दोस्रो इनिङमा १ सय ३९ रन मात्र जोड्न सक्यो। पुलिसका लागि दोस्रो इनिङमा कुशल भुर्तेलले सर्वाधिक ४५ रन जोडे।

पहिलो विकेटका लागि ओपनर कुशल र अमित श्रेष्ठले ५१ रनको साझेदारी गर्दै फराकिलो अग्रताको संकेत गरेका थिए। अमित १३ रन जोडे। दीलिप नाथ ३४ तथा राशिद खान १८ रन बनाए।

पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। आर्मीका लागि बसिर अहमद र साहब आलमले समान ५ विकेट लिए। आर्मीले पहिलो इनिङमा १ सय ७० रन बनाउँद ३७ रनको सामान्य अग्रता लिएको थियो।

आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५८ रन जोडे। उनले ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। बसिर अहमद ४०, सोमपाल कामी ३२ तथा कप्तान विनोद भण्डारी १४ रन बनाए।

पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चिएर ५ विकेट लिए। कुशल भुर्तेलले ३ तथा ललित र गुलशन झाले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन जोडे। उनले ५६ बलमा ६ चौका प्रहार गरे। अर्जुन साउदले २८, अमित श्रेष्ठले २० र राशिद खानले १० रन बनाए।

आर्मीका साहब आलमले १२.४ ओभरमा ३७ रन खर्चिएर ७ विकेट लिएका थिए। सोमपाल र बसिर अहमदले समान १ विकेट लिएका थिए।

पहिलो संस्करणको यस प्रतियोगितामा पिएम कप पुरुष क्रिकेटका शीर्ष ४ टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेश) को सहभागिता रहेको थियो।

प्रकाशित: २०८१ माघ ३ गते बिहिबार ०२:१०
प्रतिक्रिया

थप समाचार

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

कुसुन्तीमा ५ करोडमा लिफ्टसहितको आकाशे पुल बन्दै, कहिलेदेखि सञ्चालनमा आउँछ?

काठमाडौँ: ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले...

दुई महिनामा निजी क्षेत्रमा कर्जा ९३ अर्ब ५२ करोड मात्रै, कृषि र घरजग्गामा घट्यो

भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि...

बागमती प्रदेशमा बैंकहरूको सवा ३६ खर्ब कर्जा, कृषिमा ३.३३ प्रतिशत मात्रै

बागमती प्रदेशमा मात्रै बैंकहरूले ६१.६३ प्रतिशत कर्जा लगानी गरेका छन्। देशभर बैंकहरूले गरेको कर्जा प्रवाह ५८ खर्ब ८० अर्ब रहेको छ।

सेयरमा म्युचुअल फन्डको लगानी घट्दा बैंक मौज्दात बढ्यो, पोर्टफोलियो पुनर्संरचनाको संकेत

भदौ मसान्तसम्म सञ्चालनमा रहेका ६० वटा म्युचुअल फन्डको सूचीकृत सेयरमा कुल ६७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ लगानी रहेको छ। साउन मसान्तमा यस्तो लगानी ६८ अर्ब २० करोड १५ लाख रुपैयाँ थियो। यसअनुसार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना