काठमाडौँ – निर्धारित समय सकिएर थपिएको चार मिनेटभित्र उरुग्विन स्ट्राइकर ड्रविन नुनेजले उत्कृष्ट २ गोल गरेपछि लिभरपुलले ब्रेनफोर्डलाई १-० ले हराउन सफल भएको छ।
नेपाली समयअनुसार शनिबार राति सकिएको खेलमा लिभरपुलले ब्रेनफोर्डको घरेलु मैदानमा जित निकाल्दै शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ।
प्रिमियर लिगमा पछिल्ला दुई खेलमा जितविहीन बनेको लिभरपुलले २१ खेलबाट ५० अंक बनाएको छ।


