नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्वकपको फाइनलमा पुगेको छ।
दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो।
शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो।
नेपाल भारतसँग ४१-३७ पराजित भएको थियो। त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र पेरुलाई ८०-३४ लाई र भुटानलाई ९८-८ ले हराएको थियो।
खोखोको नेपाली महिला टोली यसअघि युगाण्डालाई शनिबार ८९-१८ ले हराउँदै फाइनल पुगिसकेको छ।


