काठमाडौँ – पहिलो मिनेटमै गोल खाएर पछि परेको रियल मड्रिडले शानदार पुनगरागमन जित निकालेको छ।
रियलले आइतबार राति १० खेलाडीमा सीमित लास पाल्मासलाई ४-१ ले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पेसँगै ब्राहिम डियाज र रोड्रिगोले समान एक गोल गरे।
पाहुना टोलीका लागि फाबियो सिल्भाको गोल सान्त्वना बन्यो। खेलमा सुरुवाती अग्रता भने पाल्मासले लिएको थियो। सिल्भाले खेल सुरु भएको पहिलो मिनेटमा नै गोल अग्रता दिलाए। एमबाप्पेले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।
खेलको ३३औं मिनेटमा डियाजले गोल गरेपछि रियलले अग्रता लियो। त्यसको ३ मिनेटपछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे। रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे।
जितसँगै २० खेलमा ४६ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ। समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ। ३९ अंकका साथ बार्सिलोना तेस्रो स्थानमा छ। २२ अंकसहित पाल्मस १४ औं स्थानमा छ।


