काठमाडौँ – स्पेनिस नकआउट फुटबल प्रतियोगिता कोपा डेल रेको क्वार्टरफाइनल ड्र सार्वजनिक भएको छ।
अन्तिम १६ का खेलहरू सकिएलगत्तै स्पेनिस फुटबल संघले क्वार्टरफाइनल ड्र सार्वजनिक गरेको हो। जसअनुसार एट्लेटिको मड्रिडले गेटाफे प्रतिद्वन्द्वी पाएको छ भने रियल मड्रिडले लेगानेससँग खेल्ने छ।
त्यस्तै बार्सिलोनाले भ्यालेन्सियासँग खेल्दा रियल सोसिडाडले ओसासुनासँग खेल्ने तालिका बनेको छ। सबै खेल फेब्रअरी ५ का लागि तय हुँदा कुन समयमा खेल खेलाइनेछ त्यो सार्वजनिक गरिएको छैन।


