काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अब घरमै बसीबसी कम्पनी खोल्न सकिने व्यवस्था गरिने बताएका छन्।
सूचना र प्रविधिको सहायतामा एकै दिनमा कम्पनी खोल्न र भ्याटमा दर्ता गर्न सकिने प्रणाली विकास गरिने उनको भनाइ छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले समयलाई बुझेर काम गर्न पर्नेमा जोड दिए।
‘अहिलेको समय सूचना र प्रविधिको समय हो। यसलाई बुझेर काम गर्नुपर्नेछ। मैले विगतदेखि नै सूचना प्रविधिको विकासलाई आत्मसात गरी सेवा प्रवाहमा सुविधा थप्ने प्रयास गर्दै आएको छु,’ उनले भने, ‘सरकारले अब सेवा प्रवाहमा प्रविधिको प्रयोग गर्नेछ।’
विज्ञ र सूचना प्रविधि क्षेत्रका उद्यमीहरूले भने सरकारले हालै अध्यादेशबाट गरेको लगानीसम्बन्धीका व्यवस्थाका विषयमा प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।
सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश-विदेशमा आदानप्रदान हुने खालका सकजीकरणका व्यवस्था गरेको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए।


