काठमाडौँ- मोहमद सलाहले गरेको ५०औं युरोपेली गोलको मद्दतमा लिभरपुलले सातौँ खेलमा पनि जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार लिललाई २-१ ले पराजित गर्दै लिभरपुल शीर्ष १६ मा प्रवेश गरेको हो।
सलाहले ३४ औं मिनेमा गोलको खाता खोलेका थिए।
दोस्रो हाफमा आइसा मान्डीलाई दोहोरो पहेँलो कार्डमा गुमाएपछि लिलका जोनाथन डेविडले ६२औं मिनेटमा गोल गरे। त्यसपछि हार्भी इलिटले ६७औं मिनेटमा निर्णायक गोल गरे। यो जितपछि लिभरपुलको २१ अंक भएको छ र शीर्ष स्थानमा छ। यो जितपछि लिभरपुल शीर्ष दुई स्थानमा रहने पनि निश्चित भएको छ।
उसको पछाडि बार्सिलोनाको १८ अंक छ र दोस्रो स्थानमा छ। बार्सिलोनाले अर्को खेलमा बेनफिकामाथि सनसनीपूर्ण ५-४ को जित निकाल्यो। खेलमा दुई पल्ट पछाडि रहेर पनि बार्सिलोनाले यो जित निकालेको हो। तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडले भने बायर लेभरकुजनलाई २–१ ले हरायो र उसको १५ अंक भएको छ।
एटलान्टाले भने स्ट्रम ग्रजलाई ५–० ले हरायो र १४ अंकमा चौथो स्थानमा रह्यो।
अन्य खेलमा मोनाकोले एस्टन भिल्लालाई १–०, बोलोग्नाले बोरुसिया डर्टमुन्डलाई २–१ , पीएसजी आयनहोभनले एफके क्रभेनालाई ३–२ तथा स्टुटगार्टले स्लोभान ब्राटिस्लाभलाई २–१ ले हरायो। क्लब ब्रुग र युभेन्ट्सबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो।


