काठमाडौँ- राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणाली व्यवस्थित नहुँदा उपत्यकाको ठमेल, महाबौद्धलगायतका क्षेत्रमा दिनहुँ रूपमा पानी खेर गइरहेको छ।
खानेपानी वितरणका लागि जडान गरिएको पाइप घरघरमा जडान नहुँदा पानी खेर गएको हो।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले समयमा मिटर जडान नगरिदिँदा हजारौं लिटर पानी खेर गइरहेको हो।
महाबौद्ध क्षेत्रमा यसरी पानी खेर जाँदा सो क्षेत्रमा पसल सञ्चालन गर्ने व्यापारीहरूले सास्ती भोग्नु परेको छ।
पसल अगाडि पानी जम्मा हुने र सफा गरी रहनु पर्ने भएका कारण व्यापारीहरुले सास्ती भोग्नु परेको हो।
मेलम्ची खानेपानी परियोजनाले काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्दै आएकोमा कुनै क्षेत्रमा खानेपानी खेर गएको छ भने कतै पानीको अभाव छ।



















तस्बिर : नेपाल फोटो लाइब्रेरी


