धनगढी – ड्युटीमा रहेका बेला आफैंमाथि गोली हानेका प्रहरी जवानको उपचारका क्रममा निधन भएको छ।
कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रप्रसाद जोशीले जानकारी दिए।
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत वकिल विष्टले बुधबार साँझ आफैंमाथि गोली चलाएका थिए।
घटनालगत्तै विष्टलाई महाकाली अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। त्यहाँ सामान्य उपचारपछि अस्पतालले धनगढी रेफर गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेशराज जोशीका अनुसार बिहीबार साँझ साढे ८ बजेतिर ड्युटीका रहेकै बेला विष्टले आफूले बोकिरहेको एसएलआर राइफलबाट आफूमाथि गोली प्रहार गरेका थिए।
डिएसपी जोशीका अनुसार विष्ट हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा थिए।


