काठमाडौँ – लालिगामा आज राति भएको खेलमा बार्सिलोनाले चिर प्रतिद्वन्द्वी भ्यालेन्सियामाथि ७-१ को फराकिलो जित निकालेको छ।
पछिल्ला पाँच खेलमा एकमा मात्र जित निकाल्ने क्रममा बार्सिलोनाका लागि पाँच जनाले ६ गोल गरे पनि एक गोल उपहार पाएको हो। घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै फ्रयांकी डियोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।
त्यसपछि फरान टोरेस, राफिना र लेवनडोस्कीले समान एक/एक गोल गरे भने फेर्मिन लोपेजले २ गोल गरे।
जितपछि बार्सिलोना तेस्रो स्थानमै छ।


