वासिङटन डीसी- अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर ठोक्किँदा १९ जनाको मृत्यु भएको छ।
अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा भएको हो।
विमानमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। विमानले रेगन नेसनल एयरपोर्टबाट उडान भरेको थियो।
दुर्घटनामा हालसम्म १९ जनाको शव फेला परेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार ठक्करपछि विमान आकाशमै दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो। बमबार्डियर कम्पनीको सिआरजे ७०० विमान वासिङ्टनबाट क्यान्ससतर्फ जाँदै थियो।
नदीमा गोताखोर र उद्धारकर्मीहरू सवार डुङ्गाहरूले न्यूनतम बिन्दुमा पुगेको तापक्रमका माझ नदीमा खोजी तथा उद्धारकार्य गरिरहेका छन्। अधिकारीहरूले अँध्यारो र चिसोका कारण उद्धारकार्य प्रभावित भएको बताएका छन्।


