एजेन्सी – भारतीय मूलको अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सले बिहीबार साँझ भारतीय समय अनुसार साँझ ६ बजेर ३० मिनेटमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आफ्नो स्पेसवाक सुरु गरिन्। जहाँ अर्की अन्तरिक्ष यात्री बुच विल्मोर पनि उनीसँगै थिइन्।
करिब ५.५ घण्टासम्म चलेको यो स्पेसवाकमा दुवैले आइएसएसको बाहिरी भाग सफा गरे र सूक्ष्मजीव प्रयोगका लागि नमुनाहरू पनि संकलन गरे। रिपोर्टहरूका अनुसार, यसले आइएसएसमा सूक्ष्मजीवहरू जीवित छन् वा छैनन् भन्ने कुरा बाहिर ल्याउनेछ।
नासाका अन्तरिक्ष यात्री सुनिता र बुचले बिहीबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आइएसएसबाट ५.५ घण्टाको अन्तरिक्ष पैदल यात्रा नयाँ विश्व कीर्तिमान भएकाे अमेरिकी अन्तरिक्ष एजेन्सीले जनाएको छ।
सुनिताले ६२ घण्टा ६ मिनेटको कुल स्पेसवाक टाइमको रेकर्ड राखिन्। यो नासाको सबै समयको सूचीमा चौथो भएको आइएसएसले जनाएको छ।
१५ दिनभित्र सुनिता विलियम्सको यो दोस्रो स्पेसवाक हो। उनले जनवरी १६ मा अन्तरिक्ष यात्री निक हेगसँग साढे ६ घण्टा स्पेसवाक गरेकी थिइन्। सुनिताले अहिलेसम्म ९ स्पेसवाक गरिसकिन्। बुचको भने यो पाँचौं स्पेसवाक हो।
यी दुवै अन्तरिक्ष यात्रीले २३ जनवरीमा स्पेसवाक गर्ने निर्णय गरेका थिए, तर तयारीका लागि यो सात दिन पछि सारिएको थियो।


