काठमाडौँ- काठमाडौँको महाराजगञ्जबाट ज्यान मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको माडी घर भएर मोरङ बस्ने शिवकुमारी सापकोटा छिन्।
उनलाई हत्यामा संलग्न भएको १६ वर्षपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए।
२०६५ भदौ २६ मा भक्तपुरको नंखेल स्थित सडकमा शान्ता घिमिरेको हत्या भएको थियो।
दाउ प्रहार गरेर २८ वर्षीय घिमिरेको हत्या गर्ने योजनामा सापकोटा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।


