काठमाडौँ- माघ २५ देखि प्रदर्शनमा आउन लागेको हरर फ्यामिली ड्रामा चलचित्र ‘ममी’को प्रिमियर भएको छ।
काठमाडौँको सिभिल मलस्थित क्युएफएक्समा प्रीमियर सम्पन्न भएको हो।
प्रिमियरमा भूतको भेषमा केही कलाकारहरू उपस्थित भएका थिए।
चलचित्र मार्केटिङका लागि अपनाइएको यो ट्रेन्डलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।
सिनेमामा प्रियंका कार्की, दीया मास्के र सुलक्षण भारतीको मुख्य भूमिका छ।
समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय पनि सिनेमाले समेटेको छ।
समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समरकै निर्देशनमा सिनेमा तयार भएको हो। समर डेब्यू निर्देशक हुन्।
लोकराज जोशी र पूर्णिमा जोशी निर्माता रहेको सिनेमामा कार्यकारी निर्मातामा सुमन कोइराला छन्।
‘ममी’को छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रुपमा गरेका छन्।
सम्पादन सुरेन महर्जनको छ भने पार्श्व ध्वनिमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपी रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी छन्।
सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछन्।













