२०८३ कार्तिक १४ गते शुक्रबार

दिल्लीमा भाजपाले ल्यायो बहुमत, आमापछि छोरी मुख्यमन्त्री बन्ने सम्भावना कति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २६
sushma_swaraj_banshuri_swaraj
दिल्लीको पूर्वमुख्ममन्त्रीसमेत रहेकी आमा सुष्माका साथमा बाँसुरी स्वराज।

काठमाडौँ- भारतको नयाँदिल्ली विधानसभामा भाजपाले बहुमत ल्याएको छ। ५ फेब्रुअरीमा ७० सिटका लागि भएको विधानसभा निर्वाचनमा भाजपाले ४८ सिट जितेर सरकार बनाउने तयारी थालेको हो। दिल्लीमा सरकार बनाउन ३६ सिट  आवश्यक हुन्छ।

भारतीय जनता पार्टी (भाजपा)को निकटतम प्रतिस्पर्धी बनेको आम आदमी पार्टी (आप)ले २२ सिटमा सीमित भएको छ। कांग्रेसले दिल्लीका कुनै पनि सिटमा जित त निकाल्न सकेन नै, सम्मानजनक मतसमेत पाएन।

भाजपाको जितसँगै अब दिल्लीमा सरकार बनाउने तयारीसमेत थालिएको छ। यसअघि सरकार बनाएको आम आदमी प्रतिपक्षमा पुगेको छ। भाजपा २७ वर्षपछि दिल्लीको सत्तामा फर्किएको हो।

सन् १९९८ मा दिल्लीमा भाजपाकी सुष्मा स्वराज मुख्यमन्त्री बनेकी थिइन्। त्यसपछि दिल्लीको सत्ताबाट भाजपा बाहिरिएको थियो। सुष्मा बाहिरिएपछि भाजपाले दिल्लीको सत्ता चलाउन पाएको छैन। अहिले उनै सुष्माकी छोरी बाँसुरी पनि मुख्यमन्त्रीको दौडमा छिन्। भारतको पूर्वविदेशमन्त्रीसमेत रहेकी सुष्मा स्वराजको ६७ वर्षको उमेरमा सन् २०१९ अगस्ट ६ मा निधन भएको थियो।

चुनावमा भाजपा उम्मेदवार प्रवेश सिंहले दिल्लीका पूर्वमुख्यमन्त्रीसमेत रहेका आम आदमीका अरविन्द केजरीवाललाई हराएका छन्। साहिब सिंह सन् १९९६ बाट १९९८ सम्म बीजेपीबाट दिल्लीको मुख्यमन्त्री भएका थिए। उनै साहिबका छोरा ४७ वर्षका प्रवेशले केजरिवाललाई हराउन सफल भएका छन्। उनीहरुको मतान्तर ४ हजार ८९ छ। प्रवेशले ३० हजार ८८ मत ल्याउँदा केजरीवालले २५ हजार ९९९ मत पाए।

प्रवेशले सन् २०१३ मा दिल्लीको मेरौली चुनाव क्षेत्रबाट चुनाव जितेका थिए। सन् २०१४ र २०१९ मा उनी पश्चिम दिल्लीको चुनाव क्षेत्रबाट भारी मतले लोकसभा सांसद निर्वाचित पनि भएका थिए। ‘केजरिवाल हटाऔं, देश बचाऔँ’ उनको चुनावी नारा थियो। केजरिवाललाई हराउन सफल भएसँगै आगामी मुख्यमन्त्रीमा उनको नामका विषयमा बहस हुन थालेको छ।

सन् २०१५ मा भएको दिल्ली चुनावमा ७० सिटमा आमले ६७ स्थान जितेको थियो। सन् २०१३ बाट राजनीतिमा आएको यो पार्टीले सन् २०२० को पछिल्ल्लो चुनावमा ६२ सिट ल्याएको थियो।

२७ वर्षपछि दिल्लीको मुख्यमन्त्रीमा बहुमत बीजेपीले तय गरेका व्यक्ति आउने तय छ। बीजेपीबाट मुख्यमन्त्री बन्नेहरूको सूचीमा स्वराज र प्रवेशसँगै अरु पात्रहरू पनि आउने क्रम जारी छ।  इकोनोमिक टाइम्सका अनुसार दुष्यन्त गौतम, हरिश खुराना, स्मृति इरानी पनि मुख्यमन्त्रीको दौडमा छन्।

मुख्यमन्त्रीको अन्तिम टुंगो भने भाजपाको केन्द्रीय संसदीय बोर्डले लगाउनेछ।

प्रकाशित: २०८१ माघ २६ गते शनिवार ०७:५७
प्रतिक्रिया

थप समाचार

भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरूमा सतर्कता

एजेन्सी: भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ।  हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना