काठमाडौँ- माया र प्रेम गर्नेहरूको पर्व भन्ने गरिन्छ भ्यालेन्टाइन डे (प्रणय दिवस)।
फेब्रुअरी १४ आउने बित्तिकै रातो गुलाब रङ्गीचङ्गीका फूल प्रेमीप्रेमिकाहरूले एकअर्कालाई दिने गर्दछन्।
काठमाडौँको कमलादीका फूल पसलमा गुलाबहरू सजाइएका छन्।
गुलाबको फूल १०० देखि १५० सम्म र गुलाबको बुके ५०० देखि २००० सम्ममा बिक्री भइरहेको छ।
त्यस्तै मिक्स ५०० देखि १५००मा बिक्री भइरहेको छ।
नेपालमै उत्पादन हुने भएपनि फूलहरू भारतबाट आयात गर्नुपरेको व्यापारीहरू बताउँछन्।















तस्बिर : नेपाल फोटो लाइब्रेरी


