२०८३ कार्तिक १३ गते बिहिबार

हरायो वसन्त राग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १
basanta_song

महोत्तरी-

‘मधुमासक मदमातल मनुआ,
चैढते फागुन अगराए रहल
दिनमणि ऋतुराजक साधकसन
वासन्ती रङ्गमें नहाय रहल।’

(वसन्त ऋतुमा सुरापानले मातेझैँ भएको मान्छे फागुन लाग्नेवित्तिक्कै बेसुरको बन्छ। ताप दिने सूर्य पनि ऋतुराज (वसन्त) को साधक झैँ भएर घामछाँया (न बढी जाडो, न बढी गर्मी) बन्दै वसन्तको मोहकतामा डुबुल्की रहन्छन्)।

वसन्त रागका यस्ता अचेल मिथिलामा सुनिँदैनन्। चाडबाड र कैयन सांस्कृतिक परम्पराले भरिपूर्ण मानिन्छ मिथिला। मास गणनाले चैत, वैशाख वसन्त ऋतुको हुने भए पनि वसन्तपञ्चमी (माघ शुक्लपञ्चमी) देखि नै वसन्त सुरु हुने मानिन्छ। यसै मान्यताले मैथिलहरू सोही दिनदेखि वसन्त गीत र फागु गीतमा रम्ने पुरानो स्थापित परम्परा अब देखिन, सुनिन छाडेको छ। ऋतुहरूको राजा भएको हुँदा वसन्तले अन्य पाँच ऋतुका आठ–आठ दिनको भोग थप्दा यहाँ वसन्तपञ्चमीसँगै वसन्त शुरू हुने पुरानो विश्वास छ।

‘वसन्त ऋतुहरूका राजा भएको हुँदा अन्य पाँचले आठ–आठ दिन आफ्नो भागबाट दिँदा ४० दिन थपिएको जनश्रुति छ’, मिथिला लोकपरम्पराका जानकार मिथिला माहत्म्य पुराणका नेपाली अनुवादक जलेश्वर–५ पतैली निवासी ध्रुव राय भन्छन्, ‘यही थपिएको ४० दिनले मिथिलामा वसन्त ऋतु वसन्तपञ्चमीकै दिनदेखि शुरू हुने मानिन्छ।’

हाल मधेशको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्रमा वसन्तपञ्मी मनाइएसँगै टोलटोलमा डम्फु र मृदङ्गको तालमा फागु गीत गाइने परम्परा पनि अब कथा झैँ बनेको छ। यसैगरी, वसन्तपञ्चमी पर्व मनाइएसँगै फागुन पूर्णिमासम्म मिथिलामा गाउँगाउँ, टोलबस्तीमा आयोजना हुने झुमर, जटजटिन, फागुनी नृत्य परम्परा पनि देखिन छाडेका छन्। वसन्त ऋतु रूखबिरुवाका पुराना पात झरेर नयाँ पात फेर्ने मौसम हो। वनस्पतिमा हुने यो परिवर्तन झैँ मानव जीवनमा पनि वसन्तले नयाँ रङ्ग ल्याउने मैथिली वसन्त गीतमा भाव पाइन्छन्।

‘ऋतुराजक आगम सुखदाई,
शरद, शिशिर स त्राण देबय
जनजनमें नव प्राण देबय
कुहुके कोइलिया नितराय–,
ऋतुराजक आगम सुखदाई।’

(ऋतुराज वसन्तको आगमन सुखदायक छ, जसले शरद् र शिशिरको जाडोबाट मुक्ति दिन्छ, जनजनमा नयाँपनको सञ्चार गर्छ। वसन्तमै कोइली ‘कुहु–कुहु’ गर्दै गमक्क पर्छ)। वसन्तको सन्तुलित (जाडो गर्मीको संयोग) मौसममा गाइने वसन्त गीतमा प्रेमी/प्रेमिका, पति/पत्नी टाढा छन् भने त्यसमा विरहका भाका पनि छन्।

‘ककरासँग खेलब ऋतु वसन्त…,
झरल पतझडआयल वसन्त,
निरायल फागुन दूर बसु कन्त,
केकरासँग खेलब ऋतु वसन्त।’
(वसन्तको आगमनसँगै पुराना पात झरेका रूखबिरुवामा नयाँ पात फेरिए तर फागुनमा म कोसँग वसन्त खेलुला ?

यसैगरी, ‘मेरो जीवनमा नयाँ पात के फेरिएला ?) मेरा प्रेमी/पति त दूर देश छन्’ भन्ने भावसहित वसन्तको आगमनसँगै विदेसिएका प्रेमी/पतिको सम्झना गर्दै प्रेमिकाले गर्ने अपिल पनि मैथिली वसन्त गीतमा छन्।

‘हमर अंगनामें वसन्त नेने आयब सजना,
जौ परदेसिया अंगनाबीच ऐला,
पिरेपिरे धोती रंगायब सजना।’
(हे मेरा प्यारा, मेरो आँगनमा पनि वसन्त ल्याइदेऊ, जब परदेश गएका घरआँगनमा आउनेछन्, उनको धोती पहेँलो रङ्गले रङ्गाउने छु।)

यस गीतमा पहेँलोले धोती रङ्गाउने भावभित्र मधुर मिलनको आकाङ्क्षा पनि रहेको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति अथ्र्याउँछन्।

वसन्तमा प्रेम, सम्मिलन, उत्सव र विभिन्न रङ्गको संयोजनले रङ्गिएको जीवनको कल्पना मिथिलामा गरिन्छ। वसन्त आगमनसँगै सङ्गीत र नृत्यमय जीवनको आकाङ्क्षा बोक्ने मिथिलाका यी सांस्कृतिक लोक परम्परा अब भने हराउँदै गएकोप्रति प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमलको चिन्ता छ। ‘मिथिलामा ऋतु, महिना, पक्ष, साता र बारैपिच्छे मनाइने विशिष्ट सांस्कृतिक पर्व परम्परा छन्’, उनी भन्छन् ‘तर अब यी पुराना परम्परा मेटिँदैछन्।’

पछिल्लो नेपाली पुस्ताको विदेश मोहले मौलिक संस्कृति सङ्कटमा पर्न थालेको र विदेशी संस्कृतिको प्रभाव भित्रिने क्रम बढेको डा विमलको भनाइ छ। ‘अहिलेको किशोर पुस्तालाई हाम्रा परम्परा र संस्कृतिबारे चासो जगाउन सकिएन भने हाम्रा मौलिक कुरा सबै सकिन धेरै समय लाग्दैन। नयाँ पुस्ताले यसबारे रुचि बढाउन र सरोकार भएकाले त्यसमा सहजीकण गर्न आवश्यक छ’, उनको सुझाव छ। -रासस

प्रकाशित: २०८१ फाल्गुण १ गते बिहिबार ०९:१८
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना